शीर्षकहरू

गुणस्तरमा कम्पर्माइज नगर्ने राठी ग्रुपको प्रमुख उद्देश्य नै होः नितेश राठी

गुणस्तरमा कम्पर्माइज नगर्ने राठी ग्रुपको प्रमुख उद्देश्य नै होः नितेश राठी

काठमाडौं । नेपालको पुरानो व्यवसायी घराना हो राठी ग्रुप । यो समूहले नेपालको औद्योगिक शहर विराटनगरबाट आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ ।  यस ग्रुपले आफ्नो व्यवसायलाई आयात,निर्यात, उत्पादन, सेवा र व्यापार गरि आफ्नो व्यापारलाई विविधिकरण गरेको छ । राठी ग्रुपअन्तर्गत अन्नपूर्ण इलेक्ट्रिकल इन्डष्ट्रिज मुख्य उद्योग रहेको छ । 

सन् १९८३ मा अन्नपूर्ण इलेक्ट्रिकल इन्डष्ट्रिज स्थापना भएको हो । जसले विद्युतीय सामान, प्यानल बोर्ड उत्पादन गर्दछ । त्यस्तै, यस अन्तर्गत तीन पुस्ते ग्याङ सिरिज, तीन पुस्ते मोडुलर सिरिज, सिलिङ पंखा, एलईडी बल्ब, एमसिबी, स्वीच बोर्ड, मोडुलर प्यानल लाइट लगायतका विद्युतीय सामान उत्पादन गरिहेको छ । 
 
गुणस्तरलाई पहिलो प्राथकिता दिएर राठी ग्रुपले सामानहरु उत्पादन गरिरहेको उक्त इन्डष्ट्रिजका निर्देशक नितेश राठी बताउँछन् । उनी भन्छन्, ‘स्थापनादेखि नै हामीले गुणस्तरमा पहिलो प्राथमिकता दिएका छौं । गुणस्तरमा कम्पर्माइज नगर्ने हाम्रो प्रमुख उद्देश्य नै हो । राठी स्वीच र राठी लाइटको गुणस्तर सुरुवातीदेखि हालसम्म नै मेन्टेन गरेका छौं ।’ 

राठीले उत्पादन गरेका सामानहरु देशभर उपलब्ध रहेको उनी बताउछन् । जसका लागि डिलर, वितरक र नेटवर्क बनाइएको छ । एरिया अनुसार नै यस ग्रुपले नेटवर्क बढाउदै गएको छ । राठी भनेको थर हो । जुन थरलाई आफूहरुले ब्राण्ड बनाएको उनले बताए ।  

केहिवर्ष अघिदेखि राठी ग्रुपले तीन पुस्ते स्वीच पनि बजारमा ल्याएको छ । १० वर्षको वारेन्टी भएको यो स्वीच ३ पुस्तासम्म टिक्ने कम्पनीको दाबी छ । सामान्य स्वीचहरुभन्दा यो स्वीचगुणस्तरीय भएको कम्पनीले जनाएको छ । भारतीय ब्राण्डको यो स्वीच अन गर्दा स्पार्क कम हुने भएकाले स्वीचको लाइफ टाइम बढ्ने कम्पनीले जनाएको छ ।

राठीले उत्पादन गरेका सामानहरु गुणस्तरिय भएकोले केहि महँगो भएको समेत उनी बताउँछन । निर्देशक राठी भन्छन्, ‘हामीले उत्पादन गरेका सामानहरु अरुको तुलनामा महँगो नै छ । त्यो पनि नेपाली ब्राण्डसंग तुलना गर्दा मात्रै हो । तर, भारतीय ब्राण्डसंग तुलना गर्ने हो भने राठीले उत्पादन गरेका सामान सस्तो नै छ ।’ 

त्यस्तै, उनले पछिल्लो समय विद्युतीय सामानको बजारमा मूल्यसंगै गुणस्तर हेर्न ग्राहकहरु बढेको समेत बताए । उनले भने, ‘विद्युतीय सामानहरुका ग्राहकहरुले पहिला मूल्यलाई मात्र हेर्ने गरेका थिए । तर, विस्तारै पछिल्लो समय मूल्यसंगै गुणस्तर पनि हेर्ने गरेका छन् । दुई रुपैयाँ महँगो भएपनि राम्रो सामान प्रयोग गरौं भनेर ग्राहकहरुले खोज्ने गरेका छन् ।’