शीर्षकहरू

आयातमा प्रतिबन्ध लगाएका बस्तु खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

आयातमा प्रतिबन्ध लगाएका बस्तु खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको बैंठकले सरकारले करिब ९ महिना पहिला आयातमा प्रतिवन्ध लगाएका बस्तु खुला गर्ने निर्णय गरेको छ । सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको मन्त्रिपरिषद्हो सहभागी एक मन्त्रीले जानकारी दिए ।

आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । केही दिनअघि मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश गरेको थियो ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका बस्तुहरुमा आयात प्रतिबन्ध निरन्तर दिएको थियो।