शीर्षकहरू

एक महिनामै सवा अर्ब नाफामा भएको आयल निगम मूल्य भने घटाउँदैन

एक महिनामै सवा अर्ब नाफामा भएको आयल निगम मूल्य भने घटाउँदैन

काठमाडौं । पछिल्लो तीन महिनामा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै आएको छ । एक वर्षअघि रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्य पछिल्लो समय घट्दै आएको छ । 

गत भदौ १९ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९३ डलर रहेको इन्धनको मूल्य हाल घटेर ८५ डलरमा झरेको छ । 

उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा गत असार ११ गते पेट्रोलमा प्रतिलिटर २० रुपियाँ र डिजेलमा प्रतिलिटर २९ रुपियाँ घटाइएको थियो तर कर समायोजन भएन । त्यसपछि असार २० गते मूल्य बढेर आएको भन्दै पेट्रोल प्रतिलिटर दुई रुपियाँ वृद्धि गरी १८१, डिजेल र मट्टीतेलमा नौ रुपियाँ वृद्धि गरी १७२ रुपियाँ र हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेर १९० रुपियाँ कायम गरिएको थियो । त्यही मूल्य अहिलेसम्म कायम छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ ।

ग्यासबाहेक सबै नाफामा

हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपियाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टीतेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ । निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा छ । 

इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । प्रतिलिटर पेट्रोलको खरिद मूल्य र अन्य लागत गरी १६७ रुपियाँ ८४ पैसा रहेको छ । यसमा विभिन्न शीर्षकमा लिइएको ६३ रुपियाँ ८८ पैसा कर पनि जोडिएको छ । 

यस्तै प्रतिलिटर डिजेलको कुल लागत मूल्य १७७ रुपियाँ ४७ पैसा ९४८ रुपियाँ ३० पैसा करसहित० र हवाई इन्धन लागत मूल्य १४७ रुपियाँ ८४ पैसा रहेको छ । ग्यास प्रतिसिलिन्डर २०७७ रुपियाँ खरिद र लागत मूल्य रहेको निगमले जनाएको छ । 

राजस्व, ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बीमा खर्च, प्राविधिक नोक्सानी, पेट्रोलियम बिक्रेता र ग्यास कम्पनीको खर्च एवं मुनाफा राखेर निगमले उपभोक्ता मूल्य निर्धारण गर्छ । 

हाल बजारमा पेट्रोल प्रतिलिटर १८१ रुपियाँ, डिजेलरमट्टीतेल १७८ रुपियाँ, हवाई इन्धन आन्तरिक १९० रुपियाँ र खाना पकाउने एलपी ग्यास एक हजार आठ सय रुपियाँ रहेको छ । हाल छिमेकी मुलुक भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटरमा छ रुपियाँ २३ पैसा र डिजेल २४ रुपियाँ ५६ पैसा बढी रहेको छ ।

तीन महिना भयो समायोजन नभएको अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि नेपाल आयल निगमले स्थानीय बजारमा मूूल्य समायोजन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा घटेअनुसार मूल्य समायोजन नगर्दा निगम हाल मासिक सवा अर्ब रुपियाँ नाफा कमाउँदै आएको छ । निगम नाफामा हुँदा पनि ऋण देखाएर उपभोक्ता मूल्य घटाउन आनाकानी गरिरहेको छ । 

निगमले इन्डियन आयल कर्पोरेसन ९आईओसी०बाट रिफाइन तेल खरिद गर्दै आएको छ । आईओसीले दिएको मूल्यका आधारमा स्थानीय बजारमा मूल्य सामायोजन गर्नुपर्ने भए पनि तीन महिनायता मूल्य समायोजन भएको छैन ।  

बीस अर्ब बक्यौता र सात अर्ब ऋण 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढका कारण अस्थिर भएको र आईओसीलाई ऋण तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिएको जानकारी दिए । “अहिले पेट्रोल र हवाई इन्धनमा नाफामा छौँ, यसमा घटाउन सकिने थियो तर ग्यासमा प्रतिसलिन्डर २७७ रुपियाँ घाटा रहेकाले पनि व्यवस्थापन गर्न मूल्य यथावत् राखेका हौँ,” उनले भने ।  तेल खरिद गरेबापत आईओसीको २० अर्ब रुपियाँ र नेपाल सरकारको ऋण सात अर्ब ऋण तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिएको र आगामी मूल्य घटेर आए घटाउने उनको भनाइ छ । 

सरकारले कर कटौती गर्ने भन्दै गत असार ११ गते पेट्रोलमा २० र डिजेलमा २९ रुपियाँ घटाएको मूल्य ‘रिकभर’ नभएकाले घटाउन नसकिएको निगमको दाबी छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष तोयम रायाले नाफा रकममा केही घटाएर उपभोक्तालाई राहत दिने गरी छलफल भइरहेको जानकारी दिए । “सुरुदेखि नै स्वचालित मूल्य प्रणाली लागू गरेको भए यस्तो अवस्था आउने थिएन । महँगो मूल्यमा खरिद गरेर सस्तोमा बिक्री गर्दा निगम घाटामा गयो । मूल्य घटेका बेला भएको नाफाले ऋण तिर्नु परेकाले पनि घटेअनुसार मूल्य घटाउन सकिएको छैन,” उनले भने ।