शीर्षकहरू

प्रदेश–१ मा खुल्यो ठूलो संख्यामा सरकारी जागिर, कुनमा जागिर खान के गर्नुपर्छ ?

प्रदेश–१ मा खुल्यो ठूलो संख्यामा सरकारी जागिर, कुनमा जागिर खान के गर्नुपर्छ ?

काठमाडौं । प्रदेश नं. १ मा ठूलो संख्यामा सरकारी जागिर खुलेको छ । प्रदेशको लोकसेवा आयोगले आज सार्वजनिक सूचना जारी गरी स्थानीय तहका लागि ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । 

आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरेको छ । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने स्पष्ट पार्दै आयोगले अनलाइनमार्फत दरखास्त दिन सकिने जनाएको छ ।