शीर्षकहरू

लागु'औष'ध सेवन गरी सवारी साधन चलाउने ५ जना विरुद्ध मुद्दा दायर

लागु'औष'ध सेवन गरी सवारी साधन चलाउने ५ जना विरुद्ध मुद्दा दायर

 काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा काठमाडौँको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट आइतबार नियन्त्रणमा लिएका ५ जना चालक विरुद्धमा आज लागुऔषध सेवनको कसुरमा दिन ५  म्याद थप गरिएको छ ।

 काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर र, नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त टोलिले शेषमती पुल स्थित सडकमा सवारी साधन चेक तथा आवागमन व्यवस्थापन गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउदै गरेको अवस्थामा ५ जना चालकलाई पक्राउ गरेको थियो । आइतबार दिउँसो नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।

जरङ्खुबाट शेषमतीतर्फ आउँदै गरेको बा ४८ प ६०२ नम्बरको स्कुटर, बा ९४ प ३१ ३३, बा ८५ प ४८ ५६ र बा ५२ प ६१ ३० नम्बरको मोटरसाइकलहरु रोकि चेक गर्दा क्रमश कपिलवस्तुको चन्द्रौटा नगरपालिका ६ घर भइ हाल काठमाण्डौ महानगरपालिका १६ बस्ने २२ वर्षीय दिपेश सुनुवार, नुवाकोटको पकनी गाँउपालिका ६ घर भइ काठमाण्डौ महानगरपालिका ६ बस्ने २३ वर्षीय रोशन तामाङ पक्राउ परेका हुन । 

 काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ तार्केश्वर नगरपालिका ४ बस्ने ३१ वर्षीय प्रलाद लामा र स्याङ्जाको दरौ गाँउपालिका ७ घर भइ काठमाण्डौ महानगरपालिका १६ बस्ने २९ वर्षीय मोहन वि।क। र सिन्धुलीको गौरीबास घर भइ तार्केश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय अमित थापा मगरलाई टिएचसि (टेट्राहाईड्रोक्यानाबिनोल) किटको प्रयोग गरी उनीहरुको पिसाव चेक गर्दा लागुऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ  । 

 नियन्त्रणमा आएका उनिहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त बालाजुमा बुझाइएकोमा उनिहरु उपर लागुऔषध सेवन विरुद्धको कसुरमा आज दिन ५ म्याद थप भएको छ । 

ट्राफिक प्रहरीले गत साउन ९ गतेबाट सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि।एच।सि। किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको थियो । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढ्ने र यसले जीवन क्षतीको जोखिम पनि हुने भएकाले संभावित जोखिम कम गर्न लागु पदार्थ सेवन विरुद्धको चेकिङ अभियानलाई तिव्रता दिइएको प्रहरी  उपरीक्षक क्षेत्रीले जानकारी दिएका छन ।