शीर्षकहरू

महोत्तरीबाट अधिकांश  पुरानै अनुहार निर्वाचित

महोत्तरीबाट अधिकांश  पुरानै अनुहार निर्वाचित

महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्  । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौ  यसअघिकै दोहोरिएका छन ।

महोत्तरी–३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी–२ बाट लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी निर्वाचित भएका हुन । उनहरु दुवै यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भए। 

त्यसैगरी जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सातवटामा यसअघिकै प्रदेशसभा सदस्य यसपालि दोहोरिएर निर्वाचित भए ।  यसमा महोत्तरी–१९१० र ९२० बाट क्रमशः नेकपा (एमाले) नेतृ शारदा थापा र नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह हुन । यसरी नै महोत्तरी–२ (१) र (२) बाट जयनुल राइन र सुरिता साह निर्वाचित भए । उनहरु दुईमध्ये राइन लोसपाबाट र साह यसपालि लोसपाबाट अवसर नपाएपछि स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेर विजयी बन्नुभएको हो ।

जिल्लाको महोत्तरी–३(१) र (२) बाट पनि प्रदेशसभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी बन्नुभएको छ । उहाँहरु दुवै सोही क्षेत्रबाट यसअघि प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । यसरी नै महोत्तरी–४ (२) का निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा पनि यसअघि सोही क्षेत्रबाट निर्वाचित भए ।

महोत्तरीे–१ बाट भने प्रतिनिधिसभामा एमाले नेता लक्ष्मी महतो कोइरी निर्वाचित भए छ भने  महोत्तरी–४ बाट कांग्रेस नेता महेन्द्रकुमार राय निर्वाचित भएको छ । प्रदेशसभातर्फ महोत्तरी–४ (१) बाट निर्वाचित एमाले केन्द्रीय सदस्य सरोजकुमार यादव भने प्रदेशसभामा नयाँ अनुहार हुन । विसं २०७४ मा महोत्तरी–४ ९२० प्रदेशसभा क्षेत्रमा पराजित भए यादव यसपालि क्षेत्र परिवर्तन गरेर महोत्तरी–४९१० बाट निर्वाचित भएका हुन ।

महोत्तरी–१ र महोत्तरी–४ बाट क्रमशः गिरिराजमणि पोखरेल र डा सुरेन्द्रकुमार यादव र प्रदेशसभातर्फ महोत्तरी–४(१) बाट कौशलकुमार रायले निर्वाचनमा पराजित भए ।