शीर्षकहरू

भ्रष्टाचारको आरोपमा ६ जना  विरुद्ध मुद्दा दायर

भ्रष्टाचारको आरोपमा ६ जना  विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ६ जान विरुद्ध मुद्दा दायर गरेको छ  । आयोगले शारदा नगरपालिका, वडा नं। द्द, लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रध्यानाध्यपक सहित ६ जना  विरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगले भवन निर्माण समितिका सदस्य तथा शारदा नगरपालिकाका तत्कालिन वडाध्यक्ष केशवसिंह श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बहुतल्ले भवन निर्माण अनुगमन समितिका अध्यक्ष नवराज शर्मा, तत्कालिनन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा बहुतल्ले भवन निर्माण समितिका अध्यक्ष रिमलाल भण्डारी विरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार श्री त्रिभुवन जन माविको भवन निर्माण गर्दा टेण्डर आवह्वान नगरी कानूनी प्रक्रिया नपुर्याइ रकम अनियमितता गरेको भन्‍ने उजुरी परेको थियो । 

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा त्रिभुवन जन माध्यमिक विद्यालयको बहुतल्ले भवन निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाई झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गरेको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले उनीहरु विरुद्ध जनही ८७ लाख ३ हजार ३१२ रुपैयाँ बराबरको विगो मागसहित बुधबार विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको हो ।