शीर्षकहरू

भ्रष्टाचारको आरोपमा अख्तियारद्धारा ६ जना विरुद्ध मुद्दा दायर

भ्रष्टाचारको आरोपमा अख्तियारद्धारा ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार खुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जिल्ला कृषि विकास कार्यालय, बाराका तत्कालीन निमित्त प्रमुख सहित ६ जना विरुद्द बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो  ।

आयोगले बाराका तत्कालीन निमित्त प्रमुख बाली संरक्षण अधिकृत होमेन्द्र गुरमैता, लेखा अधिकृत अवधेष नन्दन वर्मा, तत्कालीन योजना अधिकृत राम दयाल ठाकुर, राम दयाल ठाकुर, कृषि उपज बजार सेड निर्माण उपभोक्ता समितिका खाता सञ्चालक समितिमा रहेका सदस्यहरु सुरेन्द्र कुमार सिंह, विनय कुमार सिंह र प्रमोद प्रसाद यादव विरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार बाराको कृषि उपज बजार सेड निर्माणसमेतका कार्यहरू अधुरो रहेको र कार्य सम्पन्न मूल्याङ्‍कन नबनाई सबै रकम भुक्तानी गरी हिनामिना गरेको भन्ने उजुरी परेको थियो । सोही निवेदनका आधारमा अनुसन्धान हुँदा उक्त भ्रष्टाचार गरेका पुष्टि हुन आएको विभागले जनाएको छ । 

तत्कालीन निमित्त प्रमुख, बाली संरक्षण अधिकृत गुरमैता र लेखा अधिकृत वर्माले आव २०६५्/०६६ मा कृषि उपज बजार सेड निर्माण कार्य, पिपरपाती पचरौता बाराको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बिना उपभोक्ता समितिको साझेदारी रकम समेत कट्टा नगरी सम्झौता रकम भुक्तानी गरी ६ लाख २५ हजार ५५२ रुपैयाँ हिनामिना गरेको विभागको आरोप छ । उनीहरु विरुद्ध जनही ६ लाख २५ हजार ५५२ रुपैयाँ मागदावी सहित आयोगले मुद्दा दायर गरेकोे हो ।