शीर्षकहरू

आफैले आफैलाई मतदान गर्न नपाउने अभागी नेताहरु

आफैले आफैलाई मतदान गर्न नपाउने अभागी नेताहरु

रुपन्देही । गृहमन्त्री तथा नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाँडले आफैलाई भोट हाल्न पाएनन । निर्वाचन कार्यालय रुपन्देहीका अनुसार खाँडको रुपन्देही क्षेत्र नम्बर १ मा मतदाता नावालीमा नाम रहेकाले उनले आफैलाई भोट हाल्न नपाएका हुन ।

आम चुनावमा केही उम्मेदवारले आफैंलाई मत दिन नपाउने धेरै नेता भएका छन । मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल लगायत छन् ।

झापा–५ मा उम्मेदवार रहेका ओलीले आफूलाई मतदान गर्न पाउँदैनन् । उनको मतदाता नामावली भक्तपुर–२ मा रहेकाले उनले आफैंलाई मतदान गर्न नपाउने भएका हुन । त्यस्तै, चितवनबाट गोरखा–२ गएका प्रचण्डले पनि आफैंलाई मतदान गर्न नपाउने भएका हुन । उनको मतदाता नामावली उनी यसअघि निर्वाचित भएको क्षेत्र चितवन–३ मा रहेको छ ।

पूर्व सभामुख ओनसरी घर्तीले पनि आफूलाई मतदान गर्न नपाउने भएकी हुन। काठमाडौं–२ मा उम्मेदवार रहेकी घर्तीको मतदाता नामावली रोल्पामा छ ।  त्यस्तै, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफूलाई मत दिन नपाउने भएका छन् । झापा–३ बाट उम्मेदवार रहेका सिटौलोको मतदाता नामावली भने झापा–१ मा छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि आफूलाई मत दिन पाउने छैनन्। मोरङ–६ मा उम्मेदवार रहेका उनको नामावली भने मोरङ–४ मा छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि आफूलाई मत दिन पाउने छैनन् । केसी बाग्लुङ–१ उम्मेदवार छन् भने उनको मतदाता नामावली रुपन्देहीमा छ ।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत दिन पाउने छैनन्। सप्तरी–२ मा उम्मेदवार रहेका यावदको मतदाता नामावली भने मोरङ–५ मा रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि आफूलाई मत दिन पाउने छैनन् । महोत्तरी–३ बाट उम्मेदवारी दिएका ठाकुरको नामावली सर्लाही–१ मा छ ।

त्यस्तै कांग्रेस महालक्ष्मी उपाध्यक्ष डिना, प्रदीप पौडेल, मोहन बस्नेत लगायतले पनि आफूलाई मत दिन नपाउने भएका हुन । डीना मकवानपुर–१ बाट उम्मेदवार छिन् भने उनको मतदाता नामावली मकवानपुर–२मा छ । काठमाडौं–५ मा उम्मेदवार रहेका पौडेलको नामावली तनहुँ–२ मा छ । यसपटक सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बनेका बस्नेतको नामावली सिन्धुपाल्चोक–१ मा छ ।

माओवादी नेताहरु देवेन्द्र पौडेल र कल्पना धमलाले पनि आफूलाई मत दिन नपाउने भएका छन् । पौडेल बाग्लुङ–२ बाट उम्मेदवार छन् भने उनको नामावली बाग्लुङ–१ मा छ । काठमाडौं–९ कि उम्मेदवार धमलाको नामावली धादिङ–१ मा छ ।

एकीकृत समाजवादीका नेता विरोध खतिवडाले पनि आफूलाई मत दिन नपाउने भएका हुन । मकवानपुर–२मा उम्मेदवार रहेका उनको नामावली भने मकवानपुर–१ मा रहेको छ । त्यस्तै, लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्णले पनि आफूलाई मत दिन पाउने छैनन् । पर्सा–१ मा उम्मेदवार रहेका उनको नामावली भने पर्सा–४ मा छ । उनी यसअघि पनि पर्सा–४ बाटै निर्वाचित भएका थिए ।

एमाले नेता अग्नि खरेलले पनि आफूलाई मत दिन पाउने छैनन् । झापा–१ मा उम्मेदवार रहेका उनको नामावली भने झापा–२ मा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि आफूलाई मत दिन पाउने छैनन् । चितवन–२ का उम्मेदवार रहेका उनको नामावली भने काठमाडौं–६ मा रहेको छ । 

त्यस्तै रुपन्देही कै नेपाली काँग्रेसबाट उम्मवदार बनेको प्रमोद यादवले पनि आफूलाई मतदान गर्न नपाउने भएका छन् ।   यादवको क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका र उनको नाम भने क्षेत्र १ मा रहेकाले आफैलाई भोट गर्न नपाउने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै, नेकपा एमालेका बासुदेव घिमिरेले पनि आफूलाई भोट हाल्न नपाउने भएका छन् । उनी उम्मवदार बनेको रुपन्देहीको क्षेत्र नम्बर ५ मा उनको नाम नरहेकाले उनले आफूलाई भोट हाल्न पाउने छैनन् । उनको नाम क्षेत्र नम्बर २ मा रहेकाले उनले आफैलाई भोट हाल्न पाउने छैनन् ।