शीर्षकहरू

यी ठूला मान्छेले कहा कहाबाट मतदान गरे ?

यी ठूला मान्छेले कहा कहाबाट मतदान गरे ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । पहिलो मतदान नै सभामुख सापकोटाले गरेका हुन् । उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ का मतदाता हुन् । 

त्यस्तै, प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट आइतबार बिहान ७ बजे उनले मतदान गरेका हुन । 

अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । 

ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् । उनले  राजतीर्थ (लतिलपुर र काटमाडौं जोड्ने कालोपुल कुपण्डोल बाग्मती किनारबाट पश्चितिर) मतदान गरेकी छिन् ।यी ठूला मान्छेले कहा कहाबाट मतदान गरे ?
पम्फा भुसाल  ललितपुर– ३ की प्रतिनिधिसभा उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेको छन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् । 
गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार चन्द्र भण्डारीले मतदान गरेका छन् । हुँगास्थित जनजाग्रितमाथि मतदान केन्द्रवाट उनले मतदान गरेका हुन् । 

देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।