aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

बालाचतुर्दशीमा गाउँपालिकाले सार्वजनिक बिदा दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० कार्तिक २०७९
बालाचतुर्दशीमा गाउँपालिकाले सार्वजनिक बिदा दिने
NIBL

गुल्मी । चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालका अनुसार गाउँपालिकावासीहरु मेलामा उत्साहका साथ सहभागी हुने भएकोले सार्वजनिक बिदा दिने निर्णय भएको छ । 

गाउँपालिकाले जारी गरेको सूचनामा सो दिन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस