शीर्षकहरू

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । निरन्तर रुपमा ओरालो लागेको शेयरबजारमा आज बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारको दिन आज सोमबार दोहोरो अंकले बढेको हो । आज नेप्से २१.२६ अंकले बढेर एक हजार ९ सय ४ दशमलब ४३ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.५४ अंकले घटेर एक हजार ८ सय ८३ दशमलब १६ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ९४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ७७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

कारोबारमा आएका कम्पनीहरु मध्ये १४८ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । तारागाँउ रिजेन्सी होटलको शेयरमुल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३८३ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।