शीर्षकहरू

'अमेरिकाले पाकिस्तानलाई रुसबाट तेल खरिद गर्ने काम रोक्न सक्दैन'

'अमेरिकाले पाकिस्तानलाई रुसबाट तेल खरिद गर्ने काम रोक्न सक्दैन'

एजेन्सी । अमेरिकाले पाकिस्तानलाई रुसबाट तेल खरिद गर्नबाट रोक्न नसक्ने पाकिस्तानले बताएको छ  । दुबईमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल(एन) का कार्यकर्ताहरूलाई सम्बोधन गर्दै पाकिस्तानका अर्थमन्त्री इशाक दारले भने भारतले जस्तै सर्तमा रूसबाट तेल किन्नेछौं र यो छिट्टै हुने छ। वास्तवमा गत महिना अमेरिकाको भ्रमणका क्रममा डारले अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूसँग भेटवार्ता गरेका थिए जसमा रुसबाट तेल खरिदको विषयमा छलफल भएको थियो । पाकिस्तानले रुसबाट इन्धन मात्र होइन गहुँ पनि खरिद गर्न चाहेको उनले बताए । 

एक्सप्रेस ट्रिब्यून अखबारका अनुसार भारतको उदाहरण उद्धृत गर्दै पाकिस्तानका अर्थमन्त्री इशाक दारले त्यहाको मन्त्रालयले समान सर्तमा रसियाबाट तेल किन्न प्रयास गर्नेछ । द न्युज इन्टरनेशनल रिपोर्टका अनुसार डारले गत महिना वासिङ्टनको भ्रमणका क्रममा भारतले पाकिस्तानलाई तिरेको समान दर लागू भएमा आफ्नो देश रुसबाट इन्धन किन्न तयार रहेको बताएका थिए।

गत हप्ता अमेरिकी विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता नेड प्राइसले रुसमाथिको प्रतिबन्धबाट तेल र ग्यासलाई छुट दिन अमेरिका कटिबद्ध रहेको बताए । उनले यो पनि भने, 'तथ्य यो हो कि भारतमा उर्जाको उच्च माग छ। त्यसैले उसले रुसबाट तेल र अन्य प्रकारको ऊर्जा आयात गरेर आफ्नो आवश्यकता पूरा गरिरहेको छ। प्रतिबन्धबाट पछि हट्दैछ।'