शीर्षकहरू

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७७ करोडमा खुम्चियो

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७७ करोडमा खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १०.५४ अंकले घटेर एक हजार ८ सय ८३ दशमलब १६ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २३.५२ अंकले घटेर एक हजार ८ सय ९३ दशमलब ७० विन्दुमा बन्द भएकोे थियो । 

त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा ७७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ११ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

कारोबारमा आएका कम्पनीहरु मध्ये ४४ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १३१ वटा कमपाीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । लक्ष्मी इक्विटी फण्डको शेयरमुल्य ७.५९ प्रतिशतले बढेर प्रतिकित्ता ८.०६ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज नबिल ब्यालेन्स फण्ड २ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।