शीर्षकहरू

दोहोरो अंंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

दोहोरो अंंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथौ कारोबारको दिन आज बुधबार सामान्य दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३९.१५ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २.५७ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ३६ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, नेप्से घटेपनि बारोबार रकम भने बढेको छ । आज नेप्सेमा एक अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य ७.४२ प्रतिशतले बढेर प्रतिकित्ता ३९१ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको  भएको छ । यसको आज ६ करोड ७८ लाख भन्दा बढीको कारोबार भएको छ ।