शीर्षकहरू

नेप्से निकाल्यो मार्जिन कारोबारको लागि योग्य ८७ कम्पनीकाे सूची, कुन कुन परे ?

नेप्से निकाल्यो मार्जिन कारोबारको लागि योग्य ८७ कम्पनीकाे सूची, कुन कुन परे ?

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार ८७ ओटा सूचीकृत कम्पनीहरुको शेयर मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये १७ ओटा वाणिज्य बैंक, ८ ओटा विकास बैंक, ५ ओटा फाइनान्स र १३ ओटा  हाइड्रोपावर समूहका कम्पनीहरु रहेका छन् ।

त्यसैगरी जीवन बिमा समूहबाट ४ ओटा, निर्जीवनबाट ५ र २९ ओटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जानकारी दिएको । त्यस्तै तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिभम् सिमेन्टस, नेपाल पुनर्बिमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेका छन् ।

हेर्नुहोस् सूची सहित