शीर्षकहरू

तीन सय १६ फर्मलाई कारबाही, ५१ लाख रुपैयाँ जरिवाना

तीन सय १६ फर्मलाई कारबाही, ५१ लाख रुपैयाँ जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आपूर्ति, अनुगमन तथा उपभोक्ता संरक्षण शाखाले तीन महिनाको अवधिमा तीन सय भन्दा बढी फर्मलाई कारबाही गरेको छ । विभागले गत साउनदेखि कात्तिक ६ गतेसम्मको अवधिमा  तीन सय १६ वटा फर्मलाई कारबाही गरेको हो । 

विभागले यस अवधिमा एक हजार ४ सय २६ वटा फर्ममा अनुगमन गरेको थियो । जसमा ३१६ वटा फर्मलाई १ लाख एक हजार रुपैयाँ जरिवाना तिराएको हो । 

कारबाहिमा सबैभन्दा बढी खाद्य वस्तु विक्री गर्ने फर्म परेका छन् । यस अवधिमा एक सय ४७ वटा खाद्य वस्तु बिक्री गर्ने फर्मलाई १८ लाख ४१ हजार रुपैयाँ जरिवाना तिराइएको छ । यसका साथै कपडा पसलदेखि फेन्सी पसलसम्म कारबाहिमा परेका छन् ।  

विभागका अनुसार गत साउन महिनादेखि हालसम्म अनुगमनका क्रममा ७२ वटा फर्मका वस्तु नष्ट गरिएको छ । जुन तीस लाख ९ हजार ५ सय ३१ रुपैयाँ जरिवाना गरिएको छ । यस अवधिमा विभागले ४१३ वटा फर्मको कागजात माग गरेको छ ।