शीर्षकहरू

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । बुधवार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल–चीन सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

 सिन्धुपाल्चोक केन्द्रविन्दु भए। ५.९ म्याग्नेच्युट भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा महशुस गरिएको सर्वसाधारणले बताएका छन् ।

भूकम्पको झड्का सिन्धुपाल्चोकसहित नेपालका धेरै स्थानमा धक्का महसुश भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।