शीर्षकहरू

कात्तिक १ गते सार्वजनिक बिदा हुने

कात्तिक १ गते सार्वजनिक बिदा हुने

काठमडौं । सरकारले कात्तिक १ गते मंगलबार सार्जजनिक बिदा दिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै मंगलबार बिदा दिने निर्णय गरेको छ । 

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धीत सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’