शीर्षकहरू

मंसिर २९ गतेसम्म लम्बियो विलासी वस्तुको आयात प्रतिबन्ध

मंसिर २९ गतेसम्म लम्बियो विलासी वस्तुको आयात प्रतिबन्ध

काठमाडौं । सरकारले विभिन्न विलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असोज २८ गतेसम्म महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाइएकोमा त्यसलाई निरन्तरता दिँदै आगामी मंसिर २९ गतेसम्म लम्बाइएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले आयात प्रतिबन्ध थप गरिएको हो । विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात मंसिर २९ गतेसम्म आयात प्रतिबन्ध रहनेछ ।

यसअघि देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ ।