शीर्षकहरू

धितोपत्र बोर्डमा खुल्यो २६ जनालाई अवसर, यसरी दिनुहोस् आवेदन

धितोपत्र बोर्डमा खुल्यो २६ जनालाई अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा २३ जना कर्मचारी माग गरेको छ । बोर्डले शुक्रवार विज्ञापन जारी गर्दै विभिन्न १७ पदका लागि २३ जनाको दरखास्त आह्वान गरेको हो । बोर्डले खुला प्रतिस्पर्धाबाट उल्लेखित कर्मचारीको पदपूर्ति गर्न लागेको हो ।

धितोपत्र बजारको नियामक निकाय बोर्डमा जिम्मेवारीको तुलनामा कर्मचारी संख्या कम रहेको गुनासो बोर्डका अध्यक्ष रमेश कुमार हमालले गर्दै आएका थिए ।

उनले आफ्नो कार्यकालमा सबैभन्दा पहिला संस्थागत क्षमता विकासमा जोड दिने बताएका थिए । बोर्डको यो वर्षको नीति तथा कार्यक्रममा समेत चार खम्बे नीति अनुरुपका कार्यक्रमहरू तय भएका छन् । संस्थागत नियमन क्षमता अभिबृद्धि, नियमन निकायको भूमिका सशक्तिकरण, बजारको सन्तुलन तथा विस्तार बजार पारदर्शिता तथा मेरिट बेस प्रणालीको विकासलाई बोर्डले प्रुमख नीति बनाएको हो ।

प्रभावकारी कार्यसम्पादनका लागि थप कर्मचारी आवश्यक रहेको बताउँदै आएको बोर्डले निर्देशकदेखि बरिष्ठ सहायकसम्मको पदमा कर्मचारी माग गरेको हो । बोर्डले दरखास्त आह्वान गरेका पदहरु अधिकृत द्वितीय, अधिकृत तृतीय, र सहायक प्रथमका श्रेणी रहेका छन् ।

योग्यता पुगेका इच्छुक आवेदकहरूले कार्तिक १७ गतेसम्म उल्लेखित पदका लागि आवेदन दिन सक्नेछन् । कात्तिक १७ गतेसम्म आवेदन दिन छुटाएकाहरूलाई दोब्बर दस्तुर तिरेर कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था समेत बोर्डले गरेको छ ।