शीर्षकहरू

राजस्व चुहावटको आरोपमा चार जना विरुद्ध मुद्दा दायर, १८ लाख बिगो माग

राजस्व चुहावटको आरोपमा चार जना विरुद्ध मुद्दा दायर, १८ लाख बिगो माग

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलबार नुवाकोट घर भई हाल ललितपुरको धापाखेल बस्ने रामशरण बोगटीसहित चार जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।   

बोगटीसहित सिरहाका अमितकुमार साह, अछाम घर भई हाल ललितपुरको इमाडोल बस्ने नमराज तिमिल्सिना र अछामका राज ढकालले राजस्व चुहावट गरेको विभागको आरोप रहेको छ । उनीहरूले भारतमा उत्पादित बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका २४ कार्टुन रजनीगन्धा, दर्ता भएभन्दा फरक नम्बरको प्लेटको ढुवानी साधनको प्रयोग गरेको पाइएको छ । 

जसमा नेपाली सेनाको लोगोसहितको व्यानर समेत टाँस गरी ढुवानी गरे काठमाडौं लगायतका क्षेत्रमा बेचविखन गर्ने गरेको उनीहरुविरुद्ध विभागको आरोप छ । उनीहरूले सोबाट प्राप्त आयमा प्रचलित कानुन बमोजिम नेपाल सरकारलाई तिर्नु पर्ने राजस्व नतिरेको समेत विभागले जनाएको छ । 

विभागले १८ लाख ४६ हजार ७३४ रुपैयाँ बिगो कायम गरी उनीहरू चार जना विरुद्ध मुद्दा दायर गरिएको छ । समानसहित बरामद गरिएको ट्रक समेत जफत गरिने विभागको भनाई छ ।