शीर्षकहरू

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उतारचढाव

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उतारचढाव

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उतारचढाव भए पनि नेपालमा लामो समयदेखि पेट्रोल र डिजेलको मूल्यमा कुनै परिवर्तन भएको छैन । साताको पहिलो कारोबार दिन सोमबार अक्टोबर १० मा कच्चा तेलको मूल्यमा केही राहत देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट तेलको भाउ प्रति ब्यारेल डलरभन्दा तल झरेको छ । योसँगै कच्चा तेल पनि प्रति ब्यारेल ९५ डलरभन्दा तल कारोबार भइरहेको छ । 

इण्डियन आयल कर्पोरेसन(आइओसी) ले दशैंअघि पठाएको मूल्य अनुसार १५ दिनमा निगमलाई ८० करोड रुपैयाँ नाफा हुने अनुमान नेपाल आयल निगमले गरेको थियो ।  तेलको मूल्य घटाउने वा स्थिर राख्ने भन्ने विषयमा अहिलेसम्म निर्णय लिन सकेको छैन। निगमले नयाँ मूल्य सूची आउन अब लगभग ६ दिन मात्र बाँकी छ।