शीर्षकहरू

प्राथमिक बजारमा आईपीओ र हकप्रद शेयर विक्रीमा छ

प्राथमिक बजारमा आईपीओ र हकप्रद शेयर विक्रीमा छ

काठमाडौं । धितोपत्र प्राथमिक बजारमा दशैको बीचमै आईपीओ र हकप्रद शेयर विक्रीमै रहेको छ । साञ्जेन जलविद्युतको आईपीओ र राधी विद्युत कम्पनीको हकप्रद सार्वजनिक निष्कासन मै रहेको हो । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्कासन गरेको हो । साञ्जेनको आईपीओ खरीदका लागि स्थानीयले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो । यो आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सन्राइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत कम्पनीको केन्द्रिय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका संगठित संस्थाहरूले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ्ग नियमावलीमा भएको व्यवस्था बमेजिम क्रेडिट रेटिङ्ग गर्न नपर्ने गरी गरी कम्पनीलाई छुट प्राप्त भएको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्नु अघि सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीमा जारी पूँजीको ३९ दशमलव ३६ प्रतिशत चिलिमे जलविद्युतको , १० दशमलव ३६ प्रतिशत नेपाल विद्युत प्राधिकरणको र १ दशमलव २८ प्रतिशत शेयर रसुवा जिल्लाका तत्कालित जिल्ला विकास समिति र गाउँ विकास समितिहरूको शेयर स्वामित्व रहेको छ । कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीहरूको १९ दशमलव ५ प्रतिशत, ऋणदात संस्थाका कर्मचारीहरूको १ प्रतिशत, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरूको ३ दमलव ५ प्रतिशत शेयर स्वामित्व रहेको छ । यी वाहेक कम्पनीले सर्वसाधारणमा १५ प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गरिसकेको छ । 

त्यस्तै राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले रू. १०० अंकित मूल्यका रू. ९५ करोड ३५ लाख ७६ हजार ९९ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भदौ १२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १० गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । हाल राधीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार रहेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार पुग्नेछ ।