शीर्षकहरू

अन्तिम दिन घटेर बन्द भयो नेप्से, ६५ करोडको मात्रै कारोबार

अन्तिम दिन घटेर बन्द भयो नेप्से, ६५ करोडको मात्रै कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार आज सामान्य अंकले घटेको छ । बुधबार दोहोरो अंकको सुधारिएको शेयर बजार आज फेरि घटेको हो । 

आज नेप्से ९.८३ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ९६ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ११.२२ अंकले बढेर एक हजार ८ सय ४८ दशमलब ८२ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ६५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ७२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये ३७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४३ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५३१.१० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज प्रभु बैंक डिबेञ्चर र गरिमा डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।