शीर्षकहरू

त्रिशुली जलविद्युतको साविक शेयरधनीहरूले चुक्ता हुन बाँकी रकम आजदेखि भुक्तानी गर्न सकिने

त्रिशुली जलविद्युतको साविक शेयरधनीहरूले चुक्ता हुन बाँकी रकम आजदेखि भुक्तानी गर्न सकिने

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको साविकका शेयरधनीहरूले चुक्ता हुन बाँकी रकम असोज ४ गते (आज) देखि भुक्तानी गर्न सक्नेछन् । नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित यस कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो ।

कम्पनीले जारी पूँजी रू. २ अर्ब ४७ करोको १५ प्रतिशतका दरले रू. ३७ करोड ५ लाख बराबरको ३७ लाख ५ हजार कित्ता आईपीओ उक्त अवधिमा विक्री गरेको हो । 

प्रतिकित्ता रू. १०० अंकित दरको उल्लेखित कित्ता आईपीओ खरीदका लागि सो समयमा सर्वसाधारणबाट १० प्रतिशत अर्थात रू. १० का दरले मात्र अग्रिम रकम माग गरिएको थियो । कम्पनीले सर्वसाधारणमा २०७५ साल चैत १४ गते आईपीओ बाँडफाँट गरेको थियो । 

उक्त बाँडफाँटमा शेयर प्राप्त गर्ने शेयरधनीहरूबाट चुक्ताहुन बाँकी रकम कम्पनीले भुक्तानी गर्न भनेको हो । साविकका शेयरधनीहरूले भुक्तानी गर्नुपर्ने रू.९० मध्ये सो समयमा भुक्तानी भएको रकमले रू. ३ ब्याज आर्जन गरेको भन्दै  प्रतिकित्ता रू. ८७ का दरले रकम भुक्तानी गर्न कम्पनीले अनुरोध गरेको हो । 

उक्त रकम सम्बन्धीत शेयरधनीहरूले कात्तिक १७ गतेसम्ममा भुक्तानी गरिसक्नुपर्नेछ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका सम्पूर्ण शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन÷आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । बाँकी रकम भुक्तानी गर्दा आस्बा शुल्क छुट हुने जानकारी समेत कम्पनीले गराएको छ ।