शीर्षकहरू

दूधको मुल्य वृद्धि गर्न ८ सदस्यीय कार्यदल

दूधको मुल्य वृद्धि गर्न ८ सदस्यीय कार्यदल

काठमाडौं । दूधको मुल्य वृद्धि गर्न गठित ८ सदस्यीय कार्यदलले सोमबार कृषिमन्त्री चक्रपाणि खनाललाई सुझावसहितको प्रतिवेदन बुझाएको छ । ६÷६ महिनामा दूधको मुल्य बढ्नेगरी कार्यदलले प्रस्ताव बुझाएको हो ।

कार्यदलले दूध बढी उत्पादन हुने र कम दूध उत्पादन हुने सिजनका लागि दुइओटा फरक फरक मुल्य प्रस्ताव गरेको हो । कम दूध उत्पादन हुने सिजनमा प्रतिलिटर १० रुपैयाँ र बढी दुध उत्पादन हुनेमा ६ रुपैयाँ मुल्य बढाउने गरी मुल्य प्रस्ताव पेश गरिएको गरिएको कार्यदलका संयोजक तथा दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले जानकारी दिए ।

उनले किसानको लागत मुल्य बढेको, कर्मचारीको तलव वृ्िद्ध, वस्तुको मुल्य वृद्धिसँगै समयानुकुल नै दूधको मुल्य समायोजन हुनेगरी प्रस्ताव बुझाइएको बताए । 

बढेको दुधको मुल्यबाट ६९ प्रतिशत सोझै किसानले पाउनेछन् । ३१ प्रतिशत अतिरिक्त लागतबापत दूग्ध सहकारी सहकारी वा दूग्ध उद्योगले पाउने जनाइएको छ । 

दूधको मुल्य तोकिएपछि मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी) लार्इ वृद्धि मुल्य कार्यान्वयन गर्न निर्देशन दिनेछ । डीडीसीले कार्यान्वयनमा ल्याएपछि स्वतः अन्य डेरी उद्योग तथा दूग्ध सहकारीहरुले पनि भाउ बढाउने भएका छन् ।

दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउन सिफारिस गरेको छ ।

साउन २९ गते गठित कार्यादलले सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाललाई अध्ययन प्रतिवेदन पेश गर्दै प्रशोधित दूधको नयाँ मूल्य सिफारिस गरेको हो ।


कार्यदलका संयोजक एवं दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले दूधको मूल्य बढाउन सिफारिस गरिएको बताए पनि मूल्य भने खुलाएनन् । बढ्ने मूल्यको ६९ प्रतिशत दुग्ध उत्पादक किसानले तथा ३१ प्रतिशत व्यवसायीले पाउने हुने गरी मूल्य सिफारिस गरेको बताइएको छ ।