शीर्षकहरू

सिप्रदीको क्यासलेस इन्स्योरेन्समा तीन कम्पनी थपिए

सिप्रदीको क्यासलेस इन्स्योरेन्समा तीन कम्पनी थपिए

काठमाण्डौं ।  सिप्रदी टेड्रिङले एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्सको (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सप्रदी टेड्रिङ नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक हो । 

सिप्रदी कम्पनीजका उपाध्यक्ष  सौरभराज थपलिया, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत  राजनबाबु श्रेष्ठ रा सिप्रदी कम्पनीजका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा कम्पनीजका तर्फबाट सम्झौता  भएको थियो । उक्त सम्झौतामा बीमा कम्पनी एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक  एम.डी नायरले सम्झौता पत्रमा हस्ताक्षर  गरेका थिए । 

यसअघि सिप्रदीले शिखर इन्स्योरेन्ससँग क्यासलेस बीमा गरेको थियो जुन नेपालकै पहिलो हो । यो योजनाका मार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।

सिप्रदीका ग्राहकहरूलाई द्रुत, सहजै प्राप्त गर्न सकिने र झञ्झटमुक्त सेवाहरू प्रदान गर्न यो व्यवस्था फाइदाजनक साबित हुने कम्पनीको भनाइ रहेको छ  । योसँगै सिप्रदीले हालसम्म चारवटा बीमा कम्पनीहरूसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ  ।