शीर्षकहरू

दशैंमा कुन गाडीले के अफर ल्याए ?

दशैंमा कुन गाडीले के अफर ल्याए ?

काठमाडौं । नेपालीहरुको महान पर्व दशै तिहार नजिकिदै छ । चाडपर्व नजिकिएसँगै गाउँघरदेखि शहर बजारसम्म चहलपहल बढेको छ । चाडपर्व नजिकिसगै विभिन्न कम्पनीहरुले परक फरक खालका अफर पनि सार्वजनिक गरिरहेका छन् । सार्वजनिक भएका विभिन्न अफरहरुमध्ये यहाँ हामीले चारपाङग्रे सवारी साधनको अफर समेटेका छौं । हुन्डाइदेखि फोर्स मोटर्ससम्ममा अफरहरु यहाँ सार्वजनिक गरिएको छ । 

हेर्नुहोस्, कुन मोटर्स कम्पनीले कस्ता अफर ल्याए ?

हुन्डाई
लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोवाईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै नयाँ योजना ल्याएको छ । हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याईएको हो । 

यो ग्राहकमुखि योजना यहि भाद्र ३० गतेदेखि सुरु भएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप एक लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् ।  

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

टाटा 
सिप्रदी अटोपार्ट्सको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो । 

टाटा कमर्सियल गाडीका धनीले अझ वढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयू बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकरा मिल्ने विश्वास कम्पनीले लिएको छ ।

यो अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निशुल्क पाउनेछन् । यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।  

प्रोटोन
यो दशैं तिहारलाई लक्षित गरेर प्रोटोनले ल्याएको छ ’गन्तव्य  खुशीयालीको’ अफर सार्वजनिक गरेको छ ।  यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिने कम्पनीले जनाएको छ ।  पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ ।  

यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयुभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।  यो योजना भाद्र ३० गते देखि अधिराज्य भर सीमित अवधिको लागि मात्र लागू हुनेछ ।  

होण्डा 
होण्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दशैं÷तिहार अफर ल्याएको छ । ‘होण्डाको गाडी सुनको चावी’ ट्यागलाइन सहित आएको उक्त अफरमा भाग्यसाली विजेताले वम्परमा १ तोला सुन उपहार पाउनेछन् । वम्पर बिजेतको घोषणा हरेक महिना लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ ।

यसैगरी ग्राहकले २ लाख रुपैयाँसम्म नगद छुट, एक आर्थिको वर्षको कर निशुल्क, ५ वर्षसम्म फ्रि सर्भिसिङ, एक वर्षको फ्रि इन्सुरेन्स र निशुल्क एसेसोरिज समेत पाउनेछन् । यो अफर सिमित अवधिसम्मका लागी लागु हुने कम्पनीको भनाई छ ।

सुजुकी
सुजुकी मोटरसाइकलले दशैं योजना सार्वजनिक गरेको छ । जापानी मोटरसाइकल कम्पनी सुजुकीको नेपालको लागि आधिकारिक विक्रेता भीजी सुजुकीले ‘दशैं आयो उमंग छायो, क्यासव्याक र बम्पर पायो’ योजना सार्वजनिक गरेको हो ।

कम्पनीले दशैं योजनामा नगद छुटका साथै बिभिन्न स्कीम ल्याएको छ । ग्राहकले हरेका सुजुकी मोटरसाइकल तथा स्कुटरका खरिदमा नगद १० हजार रुपैयाँ छुट दिने स्कीम ल्याएको हो । यसका साथै कम्पनीले १ बर्षको रोड ट्याक्स निशुल्क दिने जनाएको छ । यो योजनामा सहभागि ग्राहक मध्य एकजना भाग्यशालि ग्राहकले सुजुकी इन्ट्रुडर मोटरसाइकल जित्न सक्नेछन् ।

यो योजना देशभर रहेको सुजुकीको शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले एक्सचेन्ज सुबिधा तथा फाइनान्सको सुबिधासमेत सबै शोरुममा उपलब्ध रहेको जनाएको छ ।

सिप्रदी  
टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यस २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैंमा द–सही अफर’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् । 
आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्स जस्ता सुविधाहरु पनि रहेका छन् ।

सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालका अनुसार हरेक वर्षझैँ यसपालीको आउदो दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफर सम्बन्धि सकारात्मक प्रतिक्रिया आएका छन् । विशेष गरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको उनले जनाएका छन् ।

आइएमई मोटर्स
आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्ब, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ । 

यो अफर आन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाईल फोन अथवा दुई जनालाई थाइल्यान्ड टुर पाउनेछन् । आइसिभी/ट्रक/टिप्पर/आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई  जनाले सिंगापुर टुर पाउनेछन्। एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जनालाई युरोप टुरमध्ये एक छानेर लिन सक्नेछन् ।

कम्पनीले उपहार सहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दीमा भुक्तानी गर्नेगरी कुनै पनि सवारीसाधनहरु खरिदगर्न सक्नेछन् । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सीमित अवधिका लागि मात्र लागु गरिएको कम्पनीले जनाएको छ ।

फक्सवागन 
फक्सवागन गाडीको लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल दशैं र तिहारको अवसरलाई लक्षित गर्दै ‘अनविटेवल फेस्टिभ अफर’ योजना ल्याएको छ । यो योजना अन्तर्गत फक्सवागन प्रिमियम चारपाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले शून्य दशमलव ९९ प्रतिशतबाट सुरु हुने गरी न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्नेछन् ।

नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्वीच हुन खोज्ने गाडी प्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर भएको कम्पनीको भनाइ छ । यो योजनामा उत्कृष्ट जर्मन–इन्जिनियर कारमा ‘इजी फाइनान्सिङ सुविधा’ प्राप्त हुनेछ। साथै, टेस्ट ड्राइभको लागि शोरुम भ्रमण गर्ने एक भाग्यशाली विजेताले नेपालको सबैभन्दा विलासी रिसोर्टमा स्टेकेशन जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

यो योजना सेप्टेम्बर १ गतेदेखि देशभर लागू हुनेछ । उत्कृष्ट उपभोक्तामुखी यो योजना सीमित समयको लागि मात्र मान्य हुने जनाइएको छ । पूजा इन्टरनेसनलले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ । 

रेनो 
रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले दशैं–तिहार लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले ’चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारा सहित चाडपर्व लक्षित ’रेनो उत्सव’ योजना सार्वजनिक गरेको हो । 

उक्त योजनाअनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा ग्राहकले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, दुई वर्षको लागि निःशुल्क सर्भिसिङको साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस लगायत अन्य अफरहरू प्राप्त गर्न सक्नेछन् ।  

यसको साथै रेनो उत्सवअन्तर्गत उपभोक्ताहरूले स्योर शट इजिफाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्ने जानएको छ । 

फोर्स मोटस
फोर्स मोटर्सले नेपालीहरूको महान् चाड दसैँ र तिहारको अवसरमा गाडीको खरिदमा विभिन्न अफरहरू लिएर आएको छ । जस अन्तर्गत गाडी खरिद गर्दा ग्राहकहरूले आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोन लगायतका उपहारहरू पाउनेछन् । यस अफर छठ पर्व अर्थात् २०७९ कार्तिक १३ गतेसम्म लागू हुनेछ ।