शीर्षकहरू

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा प्रजापति विजयी

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा प्रजापति विजयी

पोखरा ।  पोखरा उद्योग वाणिज्य संंघको ३४ औँ महाधिवेशनबाट नयाँ अध्यक्ष चयन भएका छन् । अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका हुन् । यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा भएको छ । अन्तिम मतपरिणाम अनुसार उनले एक हजार छ सय १३ मत प्राप्त गरे । नवनिर्वाचित प्रजापति यसभन्दा पहिलाको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य र महासचिवमा बलराम आचार्य विजयी भए । त्यसैगरी कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, उपमहासचिवमा शोभा गौतम र सदस्यमा प्रभा सुवेदी, बालकृष्ण  कोइराला, सुदीप प्रधानाङ्ग, दिलीपकुमार श्रेष्ठ भएका छन् । 

त्यस्तै सदस्यमा भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी हुनुभएको छ । वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लेखनाथ सुवेदी र लीलाधर चापागाईँ विजयी भएका छन्