शीर्षकहरू

ङादी ग्रुप पावरको १२ लाख कित्ता भन्दाबढि हकप्रद शेयर असोज २ गतेदेखि लिलामीमा

ङादी ग्रुप पावरको १२ लाख कित्ता भन्दाबढि हकप्रद शेयर असोज २ गतेदेखि लिलामीमा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको १२ लाख ५७ हजार २९० कित्ता अवितरित हकप्रद शेयर असोज २ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले असोज १३ गतेसम्मका लागि उक्त शेयर लिलामीमा ल्याउन लागेको हो ।

कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

कम्पनीले चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजार ४०० को आधारमा १ बराबर १ दशमलव ५ को अनुपातमा रू. १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर विक्री खुला गर्दा उल्लेखित शेयर भने वितरण हुन नसकेको कम्पनीको भनाई छ । अवितरित हकप्रद शेयर लिलामीमा विक्री गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार पुग्नेछ । 

लिलामीमा विक्री गरिने शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।