शीर्षकहरू

अख्तियारद्धारा भ्रष्टाचारको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर

अख्तियारद्धारा भ्रष्टाचारको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत गरी १३ जना जना विरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार धनुषाको भरतपुर गाउँ विकास समिति अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमिता÷भ्रष्टाचार गरेको उजुरी परेको थियो । 

सोही निवेदनका आधारमा अनुसन्धान हुँदा उनीहरुले रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको विभागले जनाएको छ । आयोगले उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको जनाएको छ ।  

आयोगका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमले गुठी संस्थाको खातामा भुक्तानी हुनुपर्ने १ करोड १४ लाख ६६ हजार ६६७ पैयाँ प्रचलित कानुन विपरितका मोही हुनै नसक्ने व्यक्तिलाई कायम गराई मुआब्जा भुक्तानी गरेको विभागको आरोप छ । उनी विरुद्ध सोही बराबरको मागदावी सहित आयोगले मुद्दा दायर गरेको जनाएको छ । 

गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोज कुमार शर्मा भनिने मनोज कुमार आचार्य र तत्कालिन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुषालले गुठी संस्थाको खातामा भुक्तानी हुनुपर्ने १ करोड १४ लाख ६६ हजार ६६७ पैयाँ प्रचलित कानुन विपरितका मोही हुनै नसक्ने व्यक्ति गायत्रीदेवी जयसवाल र सूर्यनारायण लाल कर्णलाई मोही कायम गराई मुआब्जा भुक्तानी गरेको विभागको आरोप छ । 

आयोगले मुआब्जा रकम बुझने गायत्रीदेवी जयसवाल र उसको छोरा शत्रुधन जयसवालले  वास्तविकता लुकाई कानुन विपरित मोहीयानी हकका कागजपत्रका आधारमा मुआब्जा दावी गरी भुक्तानी लिएको विभागको आरोप छ । उनीहरु विरुद्ध ८९ लाख ८३ हजार ३३४ रुपैयाँ विगो मागदावीसहित मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

गुठी संस्थानका कार्यालय प्रमुख राजबाबु पाण्डे, मनोज कुमार आचार्य एवं हरिचन्द्र भुषालर निजसँगको मिलेमतोमा सुमनकान्त ठाकुरले मआब्जा भुक्तानी लिएको आयोगले जनाएको छ । उनीहरु विरुद्ध ८९ लाख ८३ हजार ३३४ रुपैयाँ विगो मागदावीसहित मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिवादी उपेन्द्रलाल कर्ण कायस्थ तथा मनोजलालकर्णले नक्कली कागजपत्र बनाई सूर्यनारायण लाल कर्णलाई मुआब्जा भुक्तानी गर्न लगाएको विभागको आरोप छ । उनीहरु विरुद्ध २४ लाख ८३ हजार ३३३ रुपैयाँ विगो मागदावीसहित मुद्दा दायर गरेको आयोगले जनाएको छ । 

प्रतिवादी सूर्यानारायण लाल कर्णको मृत्यु भएसकेकाले कानुनी व्यवस्था अनुसा।र निजका हकवालाभँइ उपेन्द्रलाल कर्ण कायस्थ, श्रीमती बिन्दादेवी कर्ण र छोरा मनोजलाल कर्ण विरुद्ध विगो मागदावी सहित मुद्दा दायर गरेको आयोगको भनाई छ ।