शीर्षकहरू

आयात प्रतिवन्ध हटेन, चार बस्तुको आयात भने किन खुले ? सूचनासहित

आयात प्रतिवन्ध हटेन, चार बस्तुको आयात भने किन खुले ? सूचनासहित

काठमाडौं । बैशाख १३ गतेदेखि प्रतिवन्ध लगाएको आयात प्रतिवन्ध नहट्ने भएको छ ।  महँगा गाडी, ३०० डलरभन्दा बढीका मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गर्दै आयात प्रतिवन्ध कायम राखेको छ ।

कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात खुलाएको छ। विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेको भन्दै सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । अहिले  कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चितिले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।