शीर्षकहरू

बरुण हाइड्रोको शतप्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

बरुण हाइड्रोको शतप्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले भदौ ६ गते (आज) शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी रू. २६ करोड ७९ लाख ७ हजार ५ सयको आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गरेको हो । लगानीकर्ताले यस हकप्रदमा भदौ २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।  

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि साउन २ गते एक दिन बुक क्लोज गरेकाले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पुरा गर्नेछ ।

गत जेठ ११ गते निवेदन दिएको कम्पनीलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १५ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो  । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १ः१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।