शीर्षकहरू

हकप्रद जारी गर्न राधी विद्युत कम्पनीले तोक्यो बुक क्लोजको मिति

हकप्रद जारी गर्न राधी विद्युत कम्पनीले तोक्यो बुक क्लोजको मिति

काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडले १ बराबर १.४७५२ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नको लागि बुक क्लोज मिती तोकेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गर्ने जानकारी दिएको हो । 

यस बुक क्लोजको आधारमा भदौ १० गते सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १४७.५२ प्रतिशत ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ ।