शीर्षकहरू

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से २४.८३ अंकले घटेर दुई हजार ४१ दशमलब ०६ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से ५५.८८ अंकले बढेर दुई हजार ६५ दशमलब ८९ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये १२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अप्पर हेवाखोलाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १८७.२० रुपैयाँमा पुगेको छ । 

नेप्सेका अनुसार आज युनिलिभर नेपाल, दोर्दीखोला जलविद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रो, जोशी हाइड्रो डेभलपमेन्ट, आइएमई जनरल इन्स्योरेन्स र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ४० करोड ८२ लाख भन्दा बढीको कारोबार भएको छ ।