शीर्षकहरू

भ्रष्टाचार गरेको आरोपमा अधिकृत बुढाक्षेत्रीविरुद्ध मुद्दा दायर

भ्रष्टाचार गरेको आरोपमा अधिकृत बुढाक्षेत्रीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा एक अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आइतबार आयोगले कैलालीकाो मोहन्याल गाउँपालिकाका अधिकृत छैठौं दीपेन्द्र बुढाक्षेत्रीविरुद्द घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो । 

अधिकृत बुढाक्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी आयोगमा परेको थियो । सोहि उजुरीको आधारमा आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले बुढाक्षेत्रीलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुससहित साउन १ गते नियन्त्रण लिइएको थियो ।     

अनुसन्धानको सिलसिलामा बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार रुपैयाँ उनको साथबाट बरामद भएको पुष्टि भएको आयोगको भनाई छ । बुढाक्षेत्रीले भ्रष्टाचार निवारण ऐन अनुसार कसुर गरेको हुँदा ४४ हजार बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।