शीर्षकहरू

दुबईमा अलपत्र परेकी जानकी नेपाल आइन

दुबईमा अलपत्र परेकी जानकी नेपाल आइन

काठमाडौं ।  दुबईमा सडक दुर्घटनामा परी घाइते भई कोमामा रहेकी नेपाली चेलीको उद्धार भएको छ । वि एण्ड सी मेडिकल कलेजका सञ्चालक  दुर्गा प्रसाईँले दुबईमा अलपत्र परकी  पछिल्लो पटक जानकी थापा मगरको उद्दार गरेका हुन । 

रोजगारीको सिलसिलामा दुबई पुगी सडक दुर्घटनामा घाइते भई अलपत्र परेकी ४२ वर्षीया जानकी थापा मगरको प्रसाईँले निजी खर्चमै उद्धार गरेका हुन । रोजगारीको सिलसिलामा विदेश पुगी मृत्युवरण गरी वेशारिशे अवस्थामा रहेका नेपालीहरूका शवलाई नेपाल ल्याएरको सोमबार पत्रकार सम्मेलन गरे जानकारी गराइएको  थियो । 

थापामगरलाई दुबईको सडकमा स्कुल बसले ठक्कर दिएको थियो । दुर्घटनामा गंभिर घाइते भएकी थापामगरको खुट्टा चल्दैनन् भने कम्मरमा पनि पाँच सात ठाउँ भाँचिएको छ । दुर्घटनापछि अत्यधिक रक्तस्राव र छातीसमेत खराब भई अस्पताल भर्ना भएकी थापामगर रकम अभावकै कारण उपचार र उद्धारको पर्खाइमा थिइन् ।

दुबईको एनएमसी रोयल अस्पतालको आइसियुमा अलपत्र अवस्थामा रहेकी थापामगरको उद्धारका लागि त्यहाँ रहेका नेपालीहरूले नेपाली दूतावाससँग पटक पटक आग्रह गरे पनि सुनुवाई नभएपछि प्रसाईँलाई गुहारेका थिए । दुर्घटनामा घाइते भएकी थापामगरको दुबईमा कोही आफन्त नभएको र उपचार पाउनका लागि बीमा समेत नभएपछि थप समस्या भइरहेको थियो ।