शीर्षकहरू

छ स्थानीय तहद्वारा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

छ स्थानीय तहद्वारा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

 तनहुँ । विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यही साउन २४ गते ९अगष्ट मङ्गलबार मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास   नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । 

ती पालिकाले सोमबार अलग अलग  विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिए ।