शीर्षकहरू

स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड घोटला

स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड घोटला

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड रुपैयाँभन्दा बढी रकम तिरेर सातवटा स्वास्थ्य उपकरण खरिद गर्ने तयारी गरेको छ ।

मन्त्रालयको उच्च स्रोतका अनुसार विभागको आपूर्ति महाशाखाले खरिद गर्ने तयारी गरेका ती सात किसिमका उपकरणको कम्पनी मूल्य ३२ करोड रुपैयाँ हाराहारीमा पर्छ । तर, विभागले व्यवसायीहरूको मिलोमतोमा ७३ करोड रुपैयाँमा ती उपकरण खरिद गर्ने चाँजोपाँजो मिलाएको हो ।

स्रोतका अनुसार लुम्बिनी हेल्थ केयर र यसका अन्य सहयोगी कम्पनीलाई मिल्नेगरी ती स्वास्थ्य उपकरण खरिद गर्न स्पेसिफिकेसन तयार गरिएको थियो । विभागले निकालेको टेन्डर लुम्बिनी र यिनै अन्य सहयोगी कम्पनीहरूले पाएका छन् । स्वास्थ्य उपकरण खरिद गर्न अहिले एलसीसमेत खोलिएको छ ।

दक्षिण कोरिया र चीनबाट सामान खरिदका लागि एलसी खोलिएको हो । विभागले १७८ थान पोर्टेबल अल्ट्रासाउन्ड, नौ थान डिआर एक्सरे, १३ थान फ्लाट पानर डिटेक्टर एक्सरे, १३० थान हेमोडाइलोसिस्ट मेसिन, १ हजार थान पल्स अक्सिमिटर र १ हजार थान बिपी सेट खरिद गर्दैछ ।