शीर्षकहरू

अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला

अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स (अमचेम नेपाल) नेपालसँगको सहकार्यमा व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकासको प्रवर्द्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । 

ुअन्य धेरै देशहरू जस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख संमवाहक निजी क्षेत्र हो । जसले रोजगारी सृजना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्‍याउँछ,ु कार्यवाहक राजदूत म्यानी पी। मिक्कलर भन्छन्  'त्यसबाहेक  जिम्मेवारी र समावेशिताजस्ता मुल्यहरू प्रदर्शन गर्दै र नेपालका सबै समुदायको उत्थान गर्ने सकारात्मक प्रभाव पार्दै निजी क्षेत्रले उदाहरण प्रस्तुत गरी नेतृत्व गर्दछ ।'

छलफल गरिएका विषय नेपालको व्यावसायिक वातावरण र लगानीसम्बन्धी नीतिगत पहलहरूमा केन्द्रित थिए । कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक सङ्घका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समुह तथा सरकारी अधिकारीलगायतका नेपालको दिगो आर्थिक विकास प्रवर्द्धनका सरोकारवालाहरूको उपस्थिति रहेको अमेरिकन अमचेम नेपालका अध्यक्ष अजित शाहले बताए ।

एफएनसिसिआई, सिआएन र एनयुएसएसिसिआईका नेतृत्वसँग मिलेर अमचेम नेपालको आवश्यकता र नेपालमा हाल सञ्चालनमा रहेका अमेरिकी व्यवसायहरूका लागि नीतिगत चुनौतिहरू न्यूनीकरणमा कसरी काम गरिरहेको छ भन्ने बारेमा अमचेम नेपालका अध्यक्ष अजित शाहले जानकारी गराए । ‘नेपालबाट विश्वका अन्य क्षेत्रमा आईटी सेवा पुर्‍याउने ठूलो अवसर रहेको छ,’ अजित भन्छन् ‘यस उद्योगलाई तिव्रता दिन एनएएसएससिओएम जस्तो संस्थाको आवश्यकता रहेको छ ।’

कार्यक्रमले काठमाडौंस्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको थियो । कार्यक्रममा दूतावासका कार्यवाहक राजदूत म्यानि पी। मिक्कलर, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमले नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेको र अमेरिका(नेपालबिचको व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुर्‍याउन प्रयासरत नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ बारे पनि छलफल भएको थियो।