शीर्षकहरू

काठमाडौंमा ६ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौंमा ६ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पले हल्लाएको छ । आइतबार बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौंसहित पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पनि धक्का महसुस भएको सर्वसाधारणले जनाएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज बिहान ६ रेक्टर स्केलको भूकम्प गएको पुष्टि गरे । उनले भूकम्पको केन्द्रविन्दु खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता रहेको समेत जानकारी दिए ।   

यसअघि विभिन्न समयमा भूकम्पका धक्का महसुस गरिए पनि त्यसलाई २०७२ बैशाख १२ गते गएको भूकम्पको पराकम्प भनिदै आएको थियो ।