शीर्षकहरू

हकप्रद शेयर जारी गर्न राधी विद्युत कम्पनीले पायो अनुमति

हकप्रद शेयर जारी गर्न राधी विद्युत कम्पनीले पायो अनुमति

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२ अनुपातमा रू. १ सय अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट साउन ९ गते सेबोनबाट अनुमति पाएको हो । 

विक्री प्रबन्धक मुक्तिानाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ६४ करोड ६४ लाख रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब ५९ करोड पुग्नेछ ।