aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

भन्सार छली ल्याइएको ४२० वोरा चिनी बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ साउन २०७९
Global IME
ime Limited
भन्सार छली ल्याइएको ४२० वोरा चिनी बरामद
DHI
nmb

चितवन । पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याइएको ४२० वोरा चिनी बरामत गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ५० किलोका ती बोरा पराजुली खाध्य उद्योग अगाडी रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामत गरिएको हो । 

१८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामत गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । चिनीसहितको ट्रक र त्यसका चालकलाई आबश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाईएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस