शीर्षकहरू

आयातको ४०.२४ प्रतिशत हिस्सा वीरगन्ज नाकाको मात्रै

आयातको ४०.२४ प्रतिशत हिस्सा वीरगन्ज नाकाको मात्रै

काठमाडौं । भन्सार विभागले आर्गिक वर्ष २०७८/७९ को तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार गत आर्थिक वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आबको सोही अवधिमा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बढीको आयात भएको थियो । 

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी वस्तु वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ । यस अवधिमा उक्त नाकाबाट ७ खर्ब ६ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । यसरी हेर्दा कूल आयातको ४०.२४ प्रतिशत हिस्सा वीरगन्ज नाकाको रहेको छ ।  

त्यस्तै, दोस्रो नम्बरमा विराटनगर भन्सार नाका रहेको छ । यस अवधिमा उक्त नाकाबाट २ खर्ब १२ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवमा सबैभन्दा बढी वस्तु आयात हुने भन्सार कार्यालयको तेस्रो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय रहेको छ । जसबाट २ खर्ब १० अर्ब ५९ करोड २९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छन् ।  

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको बैशाख वीरगञ्जकै सुख्खा बन्दरगाहबाट २ खर्ब १७ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यस्तै, यस अवधिमा भैरहवा भन्सार नाकाबाट २ खर्ब ९५ अर्ब ६७ करोड १० लाख, रौतहटको गौर नाकाबाट एक अर्ब ३६ करोड ३५ लाख, जलेश्वर भन्सारबाट ९ अर्ब १७ करोड १५ लाख, जनकपुर नाकाबाट एक अर्ब ९ करोड ५० लाख र कैलाली भन्सारबाट ३० अर्ब ३ करोड ४७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । 

त्यसैगरि, गत आपर्थम वर्षमा कञ्चनपुर भन्सारबाट एक अर्ब ५३ करोड ५ लाख, कृष्ण नगर भन्सारबाट २६ अर्ब ७७ करोड ८० लाख, महेशपुर नाकाबाट एक अर्ब ३४ करोड ४२ लाख, मेची भन्सारबाट ६० अर्ब ५५ करोड ९२ लाख, नेपालगञ्ज भन्सारबाट ८१ अर्ब ६० करोड २७ लाख, राजविराजबाट १३ करोड २५ लाख, रसुवागढी नाकाबाट २६ अर्ब ६२ करोड ८९ लाख, सर्लाही भन्सारबाट ४ अर्ब ३९ करोड ३९ लाख, तातोपानी नाकाबाट १४ अर्ब २ करोड ३७ लाख र सुथौली नाकाबाट ८९ अर्ब २ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तै विभागको तथ्याङक अनुसार सती भन्सार नाकाबाट ४४ करोड ३३ लाख, सिरहा नाकाबाट ५८ करोड १६ लाख, सुनसरी नाकाबाट ७ अर्ब १९ करोड ५८ लाख, थाढी भन्सार नाकाबाट १४ करोड ५९ लाख, भद्रपुर नाकाबाट ८१ करोड ७९ लाख र चोभार नाकाबाट ९ करोड ८८ लाख, राजविराज भन्सार नाकाबाट १३ करोड २५ लाख र रसुवा नाकाबाट २६ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।