शीर्षकहरू

अत्याधुनिक प्रविधिका दमकल काठमाडौं आइपुगे

अत्याधुनिक प्रविधिका दमकल काठमाडौं आइपुगे

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन वटा दमकल थपिएका छन् । काठमाडौं महानगरपालिकाले थप तीन दमकल खरिद गरेको हो । सोमबार वीरगञ्ज भन्सारबाट  तीन वटा दमकल मंगलबार काठमाडौं ल्याइएका छन । 

राष्ट्रिय सभागृहमा राखिएको सो दमकल  ठेकेदार कम्पनीले हस्तान्तरण गरेसँगै बालाजु औद्योगिक क्षेत्रभित्र निर्माण गर्न लागेको नयाँ स्टेसन, राम हिटी र धर्मपथस्थित जुद्ध वारुणयन्त्र कार्यालयमा राख्ने तयारी भएको महानगरपालिकाले जनाएको छ। 

महानगरपालिका विपद् व्यवस्थापन विभागका अनुसार दमकल दुई हजार लिटर पानी अट्ने क्षमता भएका छन्। उपत्यकामा अग्ला अग्ला भवन निर्माण हुन थालेपछि अत्याधुनिक दमकल खरिद गरिएको उनको भनाइ छ।