aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

निजामति कर्मचारीहरुको बढेको तलब आजदेखि लागू, हेर्नुहोस् कसको कति छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ साउन २०७९
himalayanlife
निजामति कर्मचारीहरुको बढेको तलब आजदेखि लागू, हेर्नुहोस् कसको कति छ
DHI
NIBL

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि घोषणा गरेको राष्ट्रसेवक कर्मचारीहरुको वृद्धि भएको तलबमान आजदेखि लागू भएको छ । नयाँ आर्थिक वर्ष आजदेखि सुरु भएसँगै निजामति कर्मचारीहरुको बढेको तलबमान पनि आजदेिखि लागू भएको हो । 

नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै १५ प्रतिशतले बढेको निजामती कर्मचारीको तलब आजदेखि कार्यान्वयनमा आएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा निजामती कर्मचारीको १५ प्रतिशतले वृद्धि भएको थियो ।

सरकारी कर्मचारीहरुको तलब बढेसँगै अब मुख्यसचिवको ७७ हजार २११, सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७८७, उपसचिवको ४८ हजार ७३७, शाखा अधिकृतको ४३ हजार ६८९, नायब सुब्बाको ३४ हजार ७३०, खरिदारको ३२ हजार ९०२ र मुखियाको २७ हजार ६१२ पुगेको छ । 

निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन् । 

प्रतिक्रिया दिनुहोस