शीर्षकहरू

अपि पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

अपि पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अपिले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा उक्त कित्ता हकप्रद शेयर गते चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म विक्री गरेको थियो । हकप्रद पश्चात अपिको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार पुगेको छ । 

अपिले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउने हकप्रद शेयरको सहारा लिएको हो । अपिले उक्त हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते एक दिन बुक क्लोज गरेको थियो ।  बिहीवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धीत शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।