aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

त्रिभुवन विश्वविद्यालयले बैठकभत्ता १५० प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असार २०७९
Global IME
ime Limited
त्रिभुवन विश्वविद्यालयले बैठकभत्ता १५० प्रतिशतले वृद्धि
DHI
nmb

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बैठकभत्ता वृद्धि गरेको छ । त्रिवि सभाको बैठकमा उपस्थित हुने सभासद् र कार्यकारी परिषद्को बैठकभत्ता झण्डै १ सय ५० प्रतिशत वृद्धि गरेको हो । हाल कायम रहेको १ हजार ६ सयलाई बढाएर ४ हजार पुर्‍याइएको छ । त्रिविले २९ वर्षपछि भत्ता बढाइएको हो । त्रिविका अनुसार २०५० सालदेखि भत्ता बढेको थिएन ।

त्यसैगरी, कार्यकारी परिषद्को बैठक भत्ता ८ सयबाट वृद्धि गरी २ हजार पुर्‍याएको छ । त्रिविले महालेखा परीक्षक कार्यालयले सुझावको आधारमा भत्ता वृद्धि गरेको जनाएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा मर्यादाक्रमअनुसार भत्ता थोरै भएकाले तत्काल बढाउन सुझाव दिएपछि भत्तामा वृद्धि गरिएको विश्वविद्यालयको भनाइ छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस