शीर्षकहरू

महिला उद्यमशिलता विकासका लागि चेम्बरको आयोजनामा तालिम शुरु

महिला उद्यमशिलता विकासका लागि चेम्बरको आयोजनामा तालिम शुरु

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।  

पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टी, फेब्रिक पेन्टि लगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ । तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशिलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए ।  

नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तिकरणको मुद्धालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताए । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरु शुरु भईसकेको भन्दै अध्यक्ष मल्ललले त्यसको लाभ लिन पनि महिलाहरुलाई आग्रह गरे । 

महिलाहरुद्धार उत्पादित बस्तुहरुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘महिला दिदीबहिनिी हरुले उत्पादन गरेका बस्तुहरु उत्पादनस्थलदेखि बजारीकरण सम्म नेपाल चेम्बर अफ कमर्सले साथ दिन्छ । कृषिजन्य बस्तुहरुको प्रसोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि चेम्बरले सहयोग गर्छ ।’